२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बुटबल ब्लास्टर्सको लगातार दोस्रो जित


0
Shares

पोखरा, कार्तिक ११ । पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा बुटबल ब्लास्टर्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

सोमपाल कामीको कप्तानीमा रहेको बुटबलले शरद भेषावकरको स्थानीय टोली पोखरा पल्टनलाई ३३ रनले हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको बुटवलले ७ विकेटको क्षतिमा १५० रन जोड्यो । भीम सार्कीले ४६ बलमा ५४ तथा युएईका रोहन मुस्तफाले ३५ बलमा ४५ रन बनाए । सोमपालले ८ बलमा २२ रन जोडे ।

पोखराका लागि युएईका खेलाडी मोहम्मद नाभेदले ३ विकेट लिए ।

जवाफमा पोखराले ९ विकेटको क्षतिमा ११७ रनमात्र बनाउन सक्यो । आसिफ शेखले सर्वाधिक २० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सोमपाल, ललित भण्डारी, विपिन खत्री र प्लेयर अफ द म्याच रोहन मुस्तफाले समान २÷२ विकेट लिए ।