२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ढुंगाले हानेर श्रीमतीको हत्या


0
Shares

जनकपुर, कात्तिक १० । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–५, सपहीका सञ्जय यादवले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

पैसाको विषयमा विवाद भएपछि सञ्जयले शुक्रबार राति आफ्नै श्रीमती रुवीकुमारीको छातीमा ढुंगा प्रहार गरी हत्या गरेको इलाका प्रहरीले कार्यालय महेन्द्रनगरले जनाएको छ ।

रुवीको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

हत्यापछि फरार रहेका सञ्जयको खोजी भइरहेको प्रहरीले जनाएको छ ।