
रौतहट, जेठ २८ । रौतहटमा तीन दिनअघि अपहरणमा परेका एक बालकको हत्या भएको छ ।
कटहरिया नगरपालिका–९ डुमरिया टोलका चिकित्सक दिलिप साहका १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको गोली हानी हत्या भएको अवस्थामा शव भेटिएको हो ।
शनिबार अपहरणमा परेका बालकलाई घरभन्दा करिब १५ किलोमिटर पर गढीमाई नगरपालिका– ५ स्थित बागमती किनारमा लगेर गोली हानी हत्या गरेको अवस्थामा शव भेटिएको हो ।
बालक अपहरण गरी हत्या गरेको आशंकाका प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरीया–९ डुमरियाका– १९ वर्षीया शक्तिराय यादव, २० वर्षीया प्रविण राय यादव, २० वर्षीया सुनिलकुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीया विनोद कुमार पटेल र २० वर्षीय रवीकुमार पटेल रहेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझा नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
अपहरणकारीले बालकका परिवारसँग एक करोड रुपैयाँ फिरौती माग गरेको र नदिएपछि हत्या गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्