१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


दुई छोराको हत्यापछि आत्महत्या


0
Shares

कलैया, कार्तिक ४ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । 

रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

तीनैजनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए । मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक हमालले जानकारी दिए । (रासस)