
सिन्धुली, असोज २८ । सिन्धुलीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ घर भई मलंगवा बस्ने १९ वर्षीय अनिलकुमार बैठा छन् ।
उनले बिस्कुटको प्याकेटभित्र लुकाई १२ सय पीस लागू औषध एम्पुल काठमाडौं ल्याउने क्रममा प्रहरीले कमलामाई नगरपालिकास्थित ट्राफिक चेकपोष्टबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका बैठामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्