१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या


0
Shares

बारा, असोज २८ । बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।

सिम्रौनगढ नगरपालिका–३ नयका टोल निवासी धनेश्वर राय यादवको छोरा गुल्लु भन्ने दीपक यादवको अपहरणपछि हत्या भएको हो । दीपकलाई असोज २४ गते बेलुकी अपहरण गरिएकोमा गएराति उनको शव गाउँ नजिकैको झाडीमा फेला परेको थियो ।

प्रहरीले बालक अपहरणको आरोपमा सोही टोलका दुई युवकलाई पक्राउ गरेर आज सार्वजनिकसमेत गरेको छ । पक्राउ गरिएकाहरुमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन् ।

अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती मागेको प्रहरीले जनाएको छ ।