
जनकपुर, असोज २८ । धनुषामा एक १० वर्षीया बालिकाको सामूहिक बलात्कार पश्चात हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आज प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनीक गरेको हो । धनुषा जिल्लाको औरही गाउँपालिकाका रामअशिष यादवका १० वर्षकी छोरी मनिताकुमारी यादवको शुक्रबार राति बलात्कार पश्चत हत्या गरिएको थियो ।
बलात्कारपछि हत्याको अभियोगमा सोही गाउँपालिकाका विनोद मुखिया र नथुनी पण्डितलाई पक्राउ गरिएको हो । दुबै आरोपीले आफ्ना अभियोग स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।
शुक्रबार राति ९ बजे खाना खाएर मेला हेर्न गएकी बालिका विहानसम्म घर नफर्किदा परिवारजनले खोजविन शुरु गरेको थियो । सोही क्रममा बलात्कार पश्चात हत्या गरेको अवस्थामा बालिका शव शनिवार दिउँसो घरबाट झण्डै १ किलोमिटर टाढा धान खेतमा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्