Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


स्याकार ट्रेडिङ र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता


0
Shares

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. र एनआईसी एशिया बैंकबीच होण्डाका गाडी खरिद गर्ने ग्राहकलाई सहुलियतपूर्ण सवारी कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकले नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ। आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिनभित्र कर्जा प्रक्रिया पूरा गर्ने प्रतिबद्धता गरिएको कम्पनीले जनाएको छ।

यो फाइनान्सिङ सुविधा होण्डाका CR-V, CITY e: HEV, 5th Gen CITY र ELEVATE लगायतका मोडल खरिद गर्ने ग्राहकले लिन सक्नेछन्। सहकार्यले गाडी खरिदका लागि आवश्यक वित्तीय प्रक्रिया सरल र छिटो बनाउने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट चिफ बिजनेस अफिसर अमित के.सी. र हेड–मोर्ट्गेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) का तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्।

स्याकार ट्रेडिङ र एनआईसी एशिया बैंकले यो सहकार्यबाट नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध हुने र कर्जा प्रक्रिया थप छिटो तथा सरल बन्ने विश्वास व्यक्त गरेका छन् ।

Skip This