Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


त्रिपुरेश्वर बस आगलागी: घटनाकाे बारेमा छानविन गर्न समिति गठन


221
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि साेमबार मध्याह्न रिद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाकाे बारेमा छानबिन गर्न प्रहरीले २ वटा समिति गठन गरेको छ।

साेही घटनामा ट्राफिक प्रहरीको संलग्नताकाे बारेमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको हो । राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको देखिन्छ । बस चालक दावा लामा र ट्राफिक प्रहरीको टोलीबीच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाकाे बारेमा छानबिन गर्न पाँच दिनको समय दिइएको छ । त्यस्तै, काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को छानबिन समिति पनि गठन गरिएको हाे । हाल चालक लामाको चिन्ताजनक अवस्थामा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो घटनाले नागरिक र राज्य संयन्त्रबीचको व्यवहार तथा गुनासो सम्बोधनको अवस्थामाथि समेत प्रश्न उठाएको छ।