काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयले पक्राउ पर्नेमा भारतको कर्नाटक बैङ्लोर बस्ने जगदीशमोहन राव रहेकाे जनाएकाे हाे। उनको राहदानी नम्बर आरए ६७७२४६ रहेको छ । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–२२५ मार्फत काठमाडौंबाट बैङ्लोर भारततर्फ प्रस्थान गर्न लागेका रावलाई विमानस्थलको ब्यागेज चेकिङ क्षेत्रमा एक्स–रेमार्फत सामान जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जाँचका क्रममा उनको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ६ लाख ३५ हजार, चिनियाँ युआन ६ सय ३५, हङकङ डलर १०, भियतनामी डोङ ११ लाख ८६ हजार र थाइल्यान्डको भाट १ सय ७० बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले बताउनुभयाे।
प्रहरीले रावलाई विदेशी मुद्रा अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेलापरेको हो । साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नस्थल सुरक्षा कार्यालयले पक्राउ परेका रावलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको जनाएको हाे।










प्रतिक्रिया दिनुहोस्