काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले पोल्यान्डका लागि आफ्नो प्रतिनिधिमा भविन्द्र गाहा मगरलाई नियुक्त गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले गाहा मगरलाई मानार्थ प्रतिनिधिमा नियुक्ति गरेका हुन्।
पोल्यान्डमा गाहा मगरको नियुक्तीसँगै नेपाल र पोल्यान्डबीच व्यापार, लगानी, पर्यटन प्रवर्द्धन र व्यावसायिक सहकार्य विस्तार हुने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।
नवनियुक्त प्रतिनिधि गाहा मगरले नेपाल र पोल्यान्डबीचको द्विपक्षीय आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
सन् २००९ देखि सपरिवार पोल्यान्डमा बसेर व्यवसाय गरिरहेका गाहा मगर हिमालय रेस्टुरेन्ट तथा बिआरएस ग्लोबलका सञ्चालक हुन्।
नेपाल चेम्बर अफ कमर्सले विश्वका विभिन्न मुलुकहरूसँग व्यावसायिक सञ्जाल विस्तार गर्न उद्देश्यले अन्तर्राष्ट्रिय क्षेत्रमा यस प्रकारका मानार्थ प्रतिनिधिहरू नियुक्त गर्दै आएको छ।










प्रतिक्रिया दिनुहोस्