Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषदकाे बैठक आह्वान


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बिहीबार दिउँसाेका आह्वान गर्नुभएकाे छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे। बैठकमा समसामयिक विषयमा छलफल गरिने भएकाे छ। यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित मानिसको पुनर्स्थापनामा निरन्तर जुटिरहेको हाे।

सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाउनुभएको सचिवालयले जनाएकाे छ।