Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


रसुवा र नुवाकोटसहित २३ जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम (सूचीसहित)


0
Shares

काठमाडाैं। भारी वर्षासँगै रसुवा र नुवाकोटसहित देशका २३ जिल्लामा बिहीबार पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ ।

बाढी पूर्वानुमान महाशाखाले कतिपय साना नदीखोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको हाे।बिहीबार ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने स-साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएकाे छ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे । महाशाखाले देशका केही ठूला नदीमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेकाे छ।