Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


नेपाली सेनाद्वारा नुवाकोटको देवीघाटमा नयाँ पुल जडानकाे काम सम्पन्न

पुलमा भोलिदेखि सवारी साधन सञ्चालन गरिंने

312
Shares

काठमाडौं । नुवाकोटको देवीघाटमा रसुवाको भोटेकोशी नदीका आएको बाढीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ।

नेपाली सेनाकाे पाँच दिनकाे लगाएरकाे मेहनतसँगै बुधबार साँझ एक्रो ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो । नयाँ पुल बिहीबारदेखि पैदलयात्रीका लागि खुला रहने र शुक्रबारदेखि गाडी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो । सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयबासी व्यापारी तथा यात्रुहरुलाई राहत मिलेको छ ।

Skip This