Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


प्रधानमन्त्री राहत कोषमा नख्खु कारागारका कैदीबन्दीद्वारा २ लाख सहयोग


0
Shares

काठमाडाैं ।
रसुवा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नख्खु कारागारमा रहेका कैदीबन्दीहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम प्रदान गरेका छन् ।

बाढी पीडितको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले नख्खु कारागारमा रहेका कैदीबन्दीहरूले प्रधानमन्त्री राहत कोषमा २ लाख १ हजार १ सय १५ रुपैयाँ सहयोग गरेका हुन् ।

कैदीबन्दीहरूले आफ्नो तर्फबाट संकलन गरेको उक्त रकम बाढीबाट प्रभावित परिवारको राहतमा उपयोग होस् भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला नख्खु कारागारका कैदीबन्दीहरूको यो सहयोग पनि मानवीय सेवाको एउटा उदाहरण बनेको छ ।