Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


नुवाकोट र धादिङसहित ३३ जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम (सूचीसहित)


0
Shares

काठमाडौं । नुवाकोट र धादिङसहित देशका ३३ जिल्लामा मंगलबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे पूर्वानुमान गरिएकाे छ ।

बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे । मंगलबार ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, खोटाङ, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पचिम, जाजरकोट, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएकाे छ ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। महाशाखाले तमोर, अरूण, नारायणी, कर्णाली र महाकाली लगायतका केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेकाे छ ।