काठमाडाैं । माथिल्लो त्रिशुली–३ बी जलविधुत आयोजनामा फसेकाहरुको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ।
हाईड्रोमा फसेका आफन्तहरुले माईतीघरमा सोमबार प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले माथिल्लो ३ बी मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकारले आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरुलाई पनि खोजी गर्न जान नदिएको उनीहरुको गुनासो छ । रसुवा बाढीपछि त्रिशुली-३ बी जलविद्युत आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । बाढीले आयोजनालाई पूर्ण रुपमा क्षति गरेको हाे ।
सरकारले उद्धार तथा खोजी कार्यको लागि उक्त आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन । उक्त आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाइ छ । तर पीडितहरुले भने उद्धारमा कठिनाई छ भन्दैमा सरकार पन्छिन नमिल्लने बताउँछन् । बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली-३ बी मा कार्यरत कर्मचारी तथा कामदारहरुको खोजीकार्यमा सरकारले अदारुकता नदेखाएको बताउनुभयो ।
श्रेष्ठको श्रीमान वरिष्ठ भूगर्भविद् सुमेश अमात्य हाल सम्पर्क विहीन हुनुहुन्छ । गृह मन्त्रालयमा गएर पटकपटक ध्यानकषर्ण गराउँदा पनि सरकारले चासो नदिएको उहाँको भनाइ छ। सरकारले हेलिकाेप्टर लगायतका उपकरण लगेर उद्धार गर्नुपर्नेमा कुटो कोदाले लिएर पठाएको उहाँको आरोप थियाे ।
सरकारले हराएकोहरु जीवित भए जीवित र नभएमा शव भएपनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडितहरुको भनाइ छ । हेलिकप्टर लगायत अरु उपयुक्त उपकरण लगेर तत्काल उद्धार कार्यलाई तिब्रता दिन उनीहरुले माग गरेका हुन् । बाढी गएको लामो समयसम्म पनि उद्धार हुन नसक्नु सरकारको लाचारीपन भएको पीडितहरुको बताएका छन् ।
सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुस्याई गरेको उनीहरुको आरोप थियाे । ११ औँ दिनसम्म पनि जीवितै उद्धार भईरहकोले सरकारले समयमा नै त्रिशूली-३ बी मा पनि खोजी कार्य गरिदिएमा त्यहाँ रहेका मानिसहरुलाई सकुशल उद्धार गर्न सकिने आफन्तहरुको आश छ । सरकारलाई कुनै एक ठाउँमा मात्रै उद्धारमा केन्द्रित नहुन उनीहरुले आग्रह गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘उद्धार गर्न कठिन छ झन उद्धार गर्न नहुने कुरा हुँदैन, कति घर बसेर कुरेर, रोएर दिन बिताउने हामी पीडित ? १३ दिन भईसक्यो र पनि उद्धारको सूचना खै ?’ त्रिशुली- ३ बी लाई प्राथमिकता दिनुस्’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।









प्रतिक्रिया दिनुहोस्