Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महारजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका प्रवक्ता, डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये २१ जनाको उपचार भइरहेको जानकारी दिए । उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना घर फर्किएका छन् ।

चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाईंले बताए । उक्त अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् ।