Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै वैकल्पिक मार्गमा सवारी साधनको चाप बढ्यो


260
Shares

काठमाडाैं । धादिङको कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो । सडक सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन् ।

मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक सडकमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ ।

राजमार्गका विभिन्न स्थानमा सडक बगाएका कारण मर्मत र पुनःसञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या वृद्धि भएको हो ।