Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


कोरियाली विदेशमन्त्री र परराष्ट्रमन्त्री बीच भेटवार्ता


91
Shares

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल भ्रमणमा आउनु भएका कोरियाली विदेशमन्त्री चो ह्युनले आज परराष्ट्रमन्त्री शिशिर खनालसंको भेटवार्तामा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि भइरहेको खोज, उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएको पनि मन्त्रालयले जनाएको छ । नेपालको अबको जोड बलिाय पूर्वाधार निर्माणमा रहेको भन्दै मन्त्री खनालले त्यसमा कोरियाबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभएको थियो ।

कोरियाली विदेशमन्त्री चो ले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन कोरिया सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभएको थियो । जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूले भोग्नुपरेको क्षतिका लागि विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको भन्दै कोरियाली मन्त्री चो ले यस विषयमा विश्व मञ्चहरूमा अन्य देशहरूलाई सचेत गराउन नेपाललाई साथ दिने प्रतिवद्धता पनि ब्यक्त गर्नुभएको थियो ।

साथै, नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि पनि कोरियाले आवाज उठाउने पनि उहाँले वचन दिनुभएको छ ।