Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


रसुवा बाढी अपडेट: मृतककाे संख्या १३ सय ३१ पुग्याे, ५ हजार सम्पर्कविहीन


78
Shares

काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा यहि भदौ १० गते आएको विनासकारी बाढीपछि हालसम्म १ हजार ३ सय ३१ जनाको शव फेलापरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार राति सार्वजनिक गरेको विवरणमा ५ हजार जना अझै सम्पर्कविहीन रहेका हुन् । फेलापरेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ र चितवनमा ३६० रहेका छन् । बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायहरुले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अद्यावधिक विवरण अनुसार करिब १ हजार ९ सय ६७, नुवाकोटबाट करिब २ हजार ३४०, ५८९ जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी १ सय जना रहेका छन् । बेपत्ताको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको फ्राधकिरणले जनाएको हाे ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार हजार १६२, नेपाल प्रहरीले चार हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा चार हजार ८ सय ७१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको हाे। त्यस्तै, हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

प्रवक्ता महतले बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ५ हजार ९ सय २९ जनाको उपचार गरिएको बताउनुभयाे।