Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


सुरक्षा निकायले रसुवारको टिमुरेस्थित सीमा नाकामा नेपालकाे झण्डा राख्याे


364
Shares

काठमाडौं । रसुवाको टिमुरेस्थित नेपाल-चीन सीमा नाकामा नेपालको झण्डा राखिएको छ।

सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले शनिबार गोसाईंकुण्ड गाउँ पालिका-२ रसुवागढी स्थित नेपाल चीन अन्तर्राष्ट्रिय सीमानाकामा नेपालको झण्डा राखेको हाे । भोटेकोशी नदीमा आएको बाढी पश्चात् क्षतिग्रस्त पूर्वाधारका कारण त्यहाँ जान कठिन थियो ।

बीओपी टिमुरेबाट गएको टोलीले जोखिम युक्त भीरबाट तीन किलोमिटर दुरी पार गरी सीमानाकामा नेपालकाे झण्डा राखेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभएकाे छ। नेपाली सेनाको टोली समेत उक्त स्थानमा पुगेको थियो ।