काठमाडौं । सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शानिबार राति सम्पन्न भएकाे खेलमा सगरमाथाले खप्तड फाल्कोन्सलाई सोझो सेटमा पराजित गरेकाे हो । सगरमाथाले खेल २५–१८, २५–१८, २५–१९ ले आफ्नो पक्षमा पार्यो । लगातार दोस्रो जितसँगै सगरमाथाले ६ अंक जोडेको छ । खप्तडले हारबाट प्रतियोगिताको शुरुवात गरेको हाे।
सगरमाथाले पहिलो खेलमा मधेश वारियर्सविरुद्ध ३–१ सेटको जित निकालेको थियो । अब खप्तडले आइतबार र सगरमाथाले सोमबार कर्णाली शिवराजको सामना गर्ने भएका छन् । साथै यस अघि शनिबारै सम्पन्न पहिलो खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो









प्रतिक्रिया दिनुहोस्