Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


बेत्रावतीमा घरको चौथो तलाबाट महिलाको जीवितै उद्धार


234
Shares

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको चौथो तलाबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलले जीवितै उद्धार गरेको छ।

इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले चण्डिकालाई सुरक्षित रूपमा उद्धार गरेको हो। उद्धारपछि उनको थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जनाइएको छ।

उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा रहेको घरको चौथो तलाबाट उनलाई सुरक्षित रूपमा बाहिर निकालेको हो ।