काठमाडाैं। त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्याक खन्ने कार्य शुरु गरिएको छ।
यहि भदौ १० गते र त्यसपछिको भीषण त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वीराजमार्गको उक्त खण्डमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । बाढीले सडकको ठूलो हिस्सा बगाएपछि यातायात सञ्चालनमा अवरोध पुगेको छ। सडक सञ्जाल टुटेका कारण आवागमन ठप्प भएपछि हाल सो स्थानमा सडक पुनः सञ्चालनमा ल्याउनका लागि नयाँ ट्याक खोल्ने कार्यलाई तीब्रता दिइएको हाे।
सडक विभाग र सम्बन्धित निकायको पहलमा नयाँ मार्ग तयार गरी राजमार्गलाई पुनः जोड्ने प्रयास भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्