Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


त्रिशुली-३’ए’ को सुरूङमा फसेका सञ्जय साहलाई छाउनी ल्याइयो (तस्बिरसहित)


273
Shares

काठमाडाैं । माथिल्लो त्रिशुली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साहको शुक्रबार सकुशल उद्धार गरी उपचारका लागि छाउनी ल्याइएको छ।

शुक्रबार बिहान सुरुङबाट उद्धार गरी उहाँलाई काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको हो । आयोजनाको सुरुङमा फसेका साहलाई लामो प्रयासपछि जीवितै उद्धार गरिएको छ। उद्धारपश्चात साहलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि ल्याइएको हो ।

साह सोही आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत रहेका हुनुहुन्थ्यो । यहि भदौ १० गते रसुवाकाे भोटेकोशीमा आएको बाढीका कारण उहाँ सुरुङमा फस्नुभएको थियो ।