काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण शुक्रबारदेखि शुरु हुँदैछ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन्। एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । जसबाट शीर्षस्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउने भएकाे हाे। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने भएका छन् ।
एनभीएलको पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने भएका हुन् । केडिया ग्रुपको आयोजनामा हुने लिगको उद्घाटन खेलमा सगरमाथा र मधेश आमने-सामने हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार दिउँसो ४ बजेदेखि शुरु हुने भएकाे हाे।
शुक्रबार राति ७ बजेदेखि शुरु हुने खेलमा अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने भएकाे छ। प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् । पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढी-पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने यसअघि नै घोषणा गरिएकाे छ।









प्रतिक्रिया दिनुहोस्