Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


विपत्ति र चुनौतीले मानिसको धैर्य-कर्मको परीक्षा लिनेछ: प्रधानमन्त्री शाह


182
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने बताउनुभएकाे छ।

प्रधानमन्त्री शाहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे। उहाँले यस्ता कठिन परिस्थितिमा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको बताउनुभएकाे छ।

उहाँले भन्नुभयाे,-‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्। यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।’ प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैलाई कर्तव्यपथमा अडिग रहन धैर्य, शक्ति र प्रेरणा प्राप्त होस् भन्दै शुभकामना व्यक्त गर्नुभएकाे छ।

Skip This