Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


भगवान श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी: राष्ट्रपति पौडेल

नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र ले भगवान श्रीकृष्णका सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनुभएकाे छ।

राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएकाे हाे। विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने भगवान श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएकाे छ।

विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइन्छ । स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति पौडेलले बताएका छन् ।

यसैबीच, राष्ट्रपति पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएकाे छ। साथै गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा साँस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं साँस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताउनुभयाे।

राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख-शान्तिका लागि सहयोग पुर्याएको उल्लेख गर्नुभएकाे छ।