Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


प्रधानमन्त्री राहत कोषमा नेकपाले जम्मा गर्‍यो २५ लाख


0
Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गरेको छ।

नेकपाले भोटेकोशी बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा आज रू. २५ लाख जम्मा गरेको हो।

पार्टीले भोटेकोशी बाढीका सन्दर्भमा खोजी, उद्धार, राहत र पुनर्स्थापनाका काममा जुट्न र सहयोग गर्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन पनि गरिएको जनाएको छ।

बाढी पीडितहरूको उद्धार र राहत कार्यमा हरकिसिमले सहयोग, समन्वय र सहकार्य गर्नका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’ स्थापना गरिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

साथै बाढी पीडित वा पीडितका परिवार, आफन्त वा सम्पर्क र सूचना उपलब्ध गराउन पनि नेकपाको अपिल छ।