Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


भारतका कुमारले मधेशबाट एनभीएल खेल्दै


286
Shares

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज मधेश वारियर्सले भारतका रमन कुमारलाई अनुबन्ध गरेको छ।

मधेशले आफ्नो दोस्रो विदेशी खेलाडीका रूपमा आउटसाइड हिटर कुमारलाई भित्र्याएको हो । टोलीले यसअघि भारतकै सेटर मोहनउक्र पाण्डियनलाई अनुबन्ध गरेको थियो। कुमारले गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लबबाट नेपालका विभिन्न प्रतियोगिताका खेलेका छन् । कुमारसँग भारतीय लिगको पनि अनुभव छ ।

मधेशका मुख्य प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षकमा सुरज भुजेल रहेका छन् । रविन नगरकोटी मार्की रहेको मधेशले अक्सनबाट धनबहादुर भट्ट, सन्तोष मेहता, रामविनय यादव, राजन थापा, विप्सन शाही ठकुरी, रविन रसाइली र सञ्जुविक्रम शाहलाई भित्र्याएको थियो । टोलीले ‘ट्यालेन्ट हन्ट’बाट राज तिलकलाई छनोट गरिसकेको छ।

एनभीएलको पहिलो संस्करण शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने भएका हुन्।मधेशले पहिलो दिन सगरमाथा स्म्यासर्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएकाे छ।