Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


कर्णाली शिवराजद्वारा एनभीएल पहिलो सिजनका लागि विदेशी खेलाडीको कोटा पूरा


169
Shares

काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) पहिलो सिजनका लागि विदेशी खेलाडीको कोटा पूरा गरेको छ।

टोलीले तेस्रो विदेशी खेलाडीका रूपमा इरानका अपोजिट हिटर अलिरेजा अबालुचलाई भित्र्याएको हाे। कर्णालीले यसअघि बेलारुसका आउटसाइड हिटर आर्टसियोम कुड्रासोउ र पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई अनुबन्ध गरेको थियो । अबालुचले इरान, टर्की, भारत, मंगोलिया, लेबनान, रोमानिया, इराक र ग्रिस क्लबबाट खेलिसकेका छन् ।

कर्णालीको प्रशिक्षकमा चन्द्रबहादुर कुँवर र सहायक प्रशिक्षकमा दीपेन्द्रप्रसाद भट्ट रहेका हुन् । पहल गहतराज मार्की रहेको कर्णालीले अक्सनबाट नृपध्वज बस्नेत, सुरज चुनारा, सनोज चौधरी, विनोद चन्द, सन्दीप लोहार, बलराम गुरुङ र सुनील ठकुल्लालाई भित्र्याएको थियो । टोलीले ‘ट्यालेन्ट हन्ट’ बाट डम्बर बिसीलाई छनोट गरेको हाे।

एनभीएलको पहिलो संस्करण यहि भदौ १९ गते शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुँदैछ। कर्णालीले पहिलो दिन नै अन्नपूर्ण स्पाइक किंग्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएकाे हाे।