Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


काभा भलिबल खेल्ने नेपाली टोलीको बिदाई


39
Shares

काठमाडौं । भुटानमा हुने सेन्ट्रल एशियन भलिबल एशाेसिएसन (काभा) बीच भलिबल प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताको प्रमुख आतिथ्यतामा मंगलबार टोलीको बिदाई गरेको हो। नेपाल भलिबल संघले उक्त कार्यक्रम त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्दको सभाहलमा आयोजना गरेको थियो । बिदाई कार्यक्रममा खेलाडीहरूलाई शुभकामना दिँदै सदस्यसचिव मेहताले प्रतियोगिताले भलिबललाई उचाइमा पुर्‍याउने बताउँदै पदक जित्न प्रेरित गरेका छन्।

प्रतियोगिता आगामी सेप्टेम्बर ४ देखि ६ तारिखसम्म हुने भएकाे हाे। प्रतियोगितामा नेपालले पुरुष र महिलातर्फ दुई/दुई जोडीको टिमले भाग लिएका छन् । प्रतियोगितामा भुटान, माल्दिभ्स, ताजाकिस्तान, उज्बेकिस्तान र भुटान गरी कूल पाँच टिमको सहभागिता रहेको हाे ।

नेपाली टोली पुरुषमा महेन्द्र श्रेष्ठ, राजकुमार निरौला, झमनसिंह दर्जी र शरण कार्की रहेका छन् । महिला टोलीमा कमला पुन, कोपिला राना, सुनिता राई र भावना डाँगी रहेका हुन् ।