Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने अर्जेन्टिनाका स्टार फुटबलर मेसीकाे घोषणा


0
Shares

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल आन्द्रेस मेसी अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्।

३९ वर्षीय मेसीले साेमबार सामाजिक सञ्जालमार्फत सन्न्यास लिने घोषणा गरेका हुन् । मेसीले आफ्नो निर्णय निकै पीडादायी भए पनि अब समय आएको समेत बताएका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकपसहित महत्त्वपूर्ण उपाधि जिताएका मेस्सीले अब आफूले दिने सबै कुरा दिइसकेको समेत बताएका छन् ।

अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवशर दिन मैदानमा सबै कुरा दिएको उनको भनाइ थियाे । सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेसीले अर्जेन्टिनाका लागि २सय ७ खेल खेल्दै १ सय २५ गोल गरेका छन् । मेसी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबै भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी समेत हुन् ।

उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएको विश्वकप जितेको थियो । त्यस्तै, सन् २०२१ र २०२४ कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले मेसीकाे नेतृत्वमा हात पारेको थियो । २०२६ को विश्वकपमा पनि अर्जेन्टिना स्पेनसँग पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका मेसी क्लब फुटबलमा भने अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन् ।