Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


रसुवा बाढी अपडेट: मृत्यु हुनेकाे संख्या ९ सय ३९ जना पुग्याे, २ सय ७९ घाइते

३९ सय २५ जना सम्पर्कविहीन, ११ हजार ३ सय ७९ को उद्धार

0
Shares

काठमाडौं । रसुवाकाे भोटेकोशी बाढीमा परेका मध्ये हालसम्म ९ सय ३९ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साेमबार साँझसम्म ३ हजार ९ सय २५ व्यक्ति सम्पर्कविहीन रहेकाे जनाएकाे हाे। सोमबार रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५ जनाको शव फेला परेको छ । गोरखामा ६५, नवलपरासी पश्चिममा १ सय ६८, तनहुँमा ३८ र चितवनमा २ सय ७९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको हाे ।

बेपत्तामा हुनेमा नुवाकोटमा १५ सय ५८ को विवरण प्राप्त भएको छ । प्राधिकरणले हालसम्म ११ हजार ३ सय ७९ जनाको उद्धार गरिएको जनाएको हाे । बाढीमा परी घाइते हुनेको संख्या २ सय ७९ रहेको छ।