Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


रसुवागढी सुरुङमा कोही फेला परेनन्


260
Shares

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ ।

त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ ।

टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो ।

Skip This