Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


राहत नपाएको रसुवा बाढी-पीडितकाे गुनासो

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण गरेकाे सरकारकाे दावी

0
Shares

काठमाडाैं । रसुवाकाे भाेटेकाेशी बाढी-पीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दावी गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न २६ ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको हाे । आइतबार मात्रै प्रभावित दुई जिल्लामा ३ हजार ४ सय ५४ जनालाई आश्रय तथा राहत वितरण गरिएको छ । प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको हाे ।

साथै त्रिशूली ढुङ्गे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफहाउसरकिरियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। बेत्रावती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरीनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हलरभैरुम मावि, रिमालडाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको हाे ।

विदुर-३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माविरवडा कार्यालयमा व्यवस्थापन गरिएको छ । विदुर-९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा माविमा राखिएको हाे । बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि र रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ ।

प्राधिकरणले विदुर-२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी-७ को महादेव माध्यमिक विद्यालय र विदुर-९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध रहेको जनाएकाे हाे । प्राधिकरणले त्रिशूली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकाेप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको जानकारी दिएकाे छ।