काठमाडौं । नेपाली सेनासहितको प्राविधिक टोली रसुवाकाे भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनास्थलमा खोज तथा उद्धारमा परिचालन भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्रालयले आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख र साइट इन्जिनियरसहित सेनाको टोली घटनास्थलमा पुगेर काम शुरु गरेको जनाएको हाे।
मन्त्रालयले प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण खोज तथा उद्धार गर्न जटिल भए पनि खोज टोली सचेत भएर काममा जुटेको जानकारी गराएकाे छ।









प्रतिक्रिया दिनुहोस्