Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


रसुवा बाढी-पीडितको सहयोगका लागि २५ लाख रूपैयाँ पलब्ध गराउने नेकपाकाे निर्णय


0
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीले रसुवाका बाढीपीडितहरूको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले सोही रकम सहयोग गर्ने निर्णय भएको बताउनुभएकाे हाे । नगद सहयोगका अतिरिक्त पार्टीले प्रभावित जिल्लाहरूमा आवश्यक राहत सामग्री समेत पठाउने तयारी गरेको छ । प्रवक्ता ज्वालाले विपद्को यस घडीमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्नुभयाे।

प्रवक्ता ज्वालाले उक्त निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभएकाे छ।