Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


रसुवा बाढी: मृत्यु हुनेको संख्या ७३४ जना पुग्यो, २४ सय ९८ अझै बेपत्ता


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ७ सय ३४ जना पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्म ७ सय ३४ जनाको शव फेला परेको जनाएको हाे। सबै भन्दा बढी शव चितवनमा भेटिएको छ। रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा १ सय ८४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ८२, तनहुँमा ३६ र चितवनमा २ सय ५९ (विभिन्न मानव अंगसहित) शव फेला परेको प्राधिकरणले जानकारी दिएकाे छ।

उक्त बाढीपश्चात अझै २ हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेकाे हुन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना र भन्सार कार्यालयका कर्मचारी लगायत रहेका छन् । प्राधिकरणले सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५ सय ८९ जना रहेकाे जनाएकाे हाे। विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १ सय २७ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जानकारी दिएकाे छ।

यहि भदौ १० गते बिहान उक्त बाढी आएको थियो। प्राधिकरणले बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको जनाएकाे छ ।