Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा प्रवेश


0
Shares

काठमाडौं । एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा प्रवेश गरेकाे छ।

रामोन साञ्चेज पिज्जुआन रंगशालामा शनिबार राति भएकाे खेलमा एट्लेटिको मड्रिडले सेभियालाई ३-१ गाेलले पराजित गरेकाे हाे। पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन एलेक्स बाइनाले दुई र एडेमोला लुकम्यानले एक गोल गरेका थिए। सेभियाका लागि मिगुएल सिएराले एक गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा बाइनाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाएका हुन् । बाइनाले ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोको अग्रता ३-० मा पुग्यो । ६६औं मिनेटमा सिएराले गरेको गोल सेभियाका लागि सान्त्वना बन्यो ।

याे जितसँगै एट्लेटिकोले तीन खेलबाट सात अंक जोडेको हाे। पहिलो हार ब्यहोरेको सेभिया समान खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ ।