काठमाडौं । भोटेकोशी नदीमा आइतबार बिहान आएको बाढीका कारण त्रिशूलीमा आधा घण्टामा ३ मिटरसम्म जलसतह बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रसुवाले बाढी आएको जानकारी प्राप्त भएको जनाएकाे हाे। उक्त बाढीका कारण आइतबार बिहान ६: १० बजेसम्म गल्छीस्थित त्रिशूलीमा जलसतह आधा घण्टामा ३ मिटरसम्म बढेको हो ।
महाशाखाले सावधानी अपनानउनु आवश्यक रहेको जनाएकाे छ। बाढीकाे बारेमा आधिकारिक विवरण भने आइनसकेको जनाइएकाे छ। पानी परेको भन्दा पनि कृत्रिम तालमा पहिरो गएको हुनसक्ने आशंका गरिएकाे महाशाखाले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्