Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


रसुवा बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन


0
Shares

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन भएका छन् ।

जलविद्युत् आयोजना र कन्स्ट्रक्सन कम्पनी लगायतमा कार्यरत रहेका उनीहरू सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले बाढीबाट सम्पर्कविहीन हुनेहरूमा गुलरिया नगरपालिकाका दुई, बाँसगढी नगरपालिकाका १८, राजापुर नगरपालिकाका १६, बारबर्दिया नगरपालिकाका २५, ठाकुरबाबा नगरपालिकाका १३, मधुवन नगरपालिकाका एक, गेरुवा गाउँपालिकाका १४ र एक जना पालिका नखुलेका व्यक्ति बाढीपछि सम्पर्कविहीन भएकाे जनाएकाे छ।

सम्पर्कविहीन हुनेहरुमध्ये पावर चाइना हाइड्रोपावर, अपर त्रिशूली हाइड्रोपावर, त्रिशूली हाइड्रोपावर, रसुवागढी कन्स्ट्रक्सन कम्पनी र रसुवा सुरुङमार्गमा कामदारका रुपमा काम गर्न गएका व्यक्तिहरू रहेको प्रशासनले जानकारी दिएकाे हाे। सम्पर्कविहीन रहेका व्यक्तिको तथ्यांक संकलन गर्दै खोज तथा उद्धारका लागि रसुवाका सुरक्षा निकायसँग समन्वय गरिरहेको प्रशासनले जनाएकाे छ।