Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


रसुवा बाढी अपडेट: मृत्यु हुनेकाे संख्या १६२ जना पुग्याे


234
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १ सय ६२ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेकाे हाे । चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी (पूर्व) २६ र नवलपरासी (पश्चिम) मा २ शव फेला परेको छ ।

४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे हाे। प्रहरी प्रधान कार्यालयले भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको जनाएकाे छ।