Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


भोटेकोशी-त्रिशूली तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन र संयन्त्र परिचालन गर्न सरकारसँग रास्वपाको माग (विज्ञप्तिसहित)


182
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण उत्पन्न जोखिमलाई लिएर सरकारको ध्यानाकर्षण गराएको छ।

महामन्त्री विपिनकुमार आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा क्षति पुगेको बताउनुभएकाे हाे। उहाँले जसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने चेतावनीप्रति सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ।

रास्वपाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकार, स्थानीय प्रशासन र आम नागरिकलाई विशेष आह्वान गरेकाे हाे।