काठमाडौँ । मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिइएको जनाएको छ।
विसं २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ।
सोही व्यवस्थाअनुसार मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी गराएपछि गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।










प्रतिक्रिया दिनुहोस्