Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


‘रेड नोटिस’ जारी भएका झापाका विमल राजवंशी ओमानबाट पक्राउ


0
Shares

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी झापाको बिर्तामोड नगरपालिका-३ का विमल राजवंशी पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयले एनसीबी मस्कटको समन्वयमा ओमानबाट पक्राउ गरिएका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ आइतबार दिउँसो नेपाल फिर्ता ल्याइएको जनाएकाे हाे। उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका निम्ति एनसीबी काठमाडौंको आग्रहमा इन्टरपोल महासचिवालयबाट २०८३ साल वैशाख ३० गते रेड नोटिस जारी भएको थियो ।

प्रधान कार्यालयको इन्टरपोल शाखाले राजवंशीलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारबाहीका निम्ति जिल्ला प्रहरी कार्यालय झापामा बुझाइने जनाएको छ।