Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन


0
Shares

काठमाडाैं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माईतीघरमा प्रदर्शन गरेको छ ।

संस्थाले शनिवार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनउन सरकारसंग माग गरेका छन् । बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उनीहरुको माग छ ।

प्रदर्शनकारीले बलात्कारी र हत्यारालाई कडा कानूनी कारबाही गर ! पीडितलाई न्याय देउ !, बलात्कारीलाई फाँसी दे !, चाहिदैन ठुला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्लि बनाइदेउ सरकार !, न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुनुपर्ने हो ? लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका चौधरीको बलात्कारपछि हत्या भएको थियो । साउन ३१ गते घरबाट हराएकी उनी भदौ २ गते एक घरभित्र मृत फेला परेकी थिइन् । प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।