Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


तराईका २२ जिल्लाका लागि ३६ जना प्राविधिक जनशक्तिकाे माग (सूचनासहित)


325
Shares

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लाका स्थानीय तहमा कार्यान्वयन भइरहेको कार्यक्रमका लागि सेवा करारमा जनशक्ति माग गरेको छ।

केन्द्रले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ‘क्लिन कुकिङ सोलुसन्स मोबिलाइजर’ (स्वच्छ ऊर्जा परिचालक) पदमा ३६ जना जनशक्ति आह्वान गरेको हो। हरित जलवायु कोषको सहयोगमा तराईका २२ जिल्लाका बढीमा १ सय ५० स्थानीय तहमा खाना पकाउने स्वच्छ ऊर्जा सम्बन्धी सीसीएस कार्यक्रम कार्यान्वयनमा रहेको छ।

उक्त कार्यक्रम आयोजना अवधिभरका लागि खुलातर्फ १८ जना र महिलातर्फ १८ जना गरी कूल ३६ जना स्वच्छ ऊर्जा परिचालक सेवा करारमा लिन लागिएको हो।