Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


546
Shares

काठमाडौं । जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दै छ।

सभापति डा. धवलशमशेर राणाको नेतृत्वमा निर्माण भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बिहीबार बिहान ११ बजेदेखि शुरु हुने भएकाे हाे। बैठकले देशव्यापी संगठन निर्माण लगायत विविध कार्यक्रम र रणनीतिक विषयमा निर्णय गर्ने भएकाे छ। बैठकमा संगठन निर्माणका साथै आगामी कार्यदिशाका बारेमा छलफल र महत्वपूर्ण निर्णय हुने पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताउनुभयाे ।

सभापति राणाको नेतत्वमा गठन भएको याे पार्टीले निर्वाचन आयोगमा साउन २९ गते दल दर्ता गरेकै दिन स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकलाई पार्टी जोडिन आह्वान गरेको थियो । संवैधानिक राजसंस्था, सनातन धर्म, भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षधर दल, समूह रअभियानहरूलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेको थियो ।